नेपाल,कार्तिक,१७-बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीवार) भुटानसँग भिड्दैछ ।
ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानसँग खेल्न लागेको हो ।नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ ।
मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।