काठमाडौं,अषाढ,१-नेपालमा विवादित बन्न पुगेको दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।
“सीता भारतकी छोरी” भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आज शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ ।