साफ सेमिफाईनल: नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसीप २०२४ को दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ खेल बराबरी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्।रंगशालामा लामो समयपछि खेल हेर्न दर्शकको उपस्थित उल्लेखनीय रहेको छ।

खेलको सुरुदेखि नै भारतले आक्रमक फुटबल खेल्दै नेपालमाथि दबाब बनाएको थियो।तर गोल गर्न सकेन ।पहिलो हाफमा दुवै टोलीले गोलको राम्रो अवसर सदुपयोग गर्न सकेनन् ।