काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ नेपाल र बंगलादेशले बराबरी खेलेका छन्।
दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै देशका टिमले बराबरी खेलेका हुन्।
खेलको सुरुवाती समयमै नेपाली डिफिण्डरले गरेको गल्ती गर्दा पाएको अवसर बंगलादेशी खेलाडीले सदुपयोग गर्न सकेन।उनले हानेको प्रहार गोल पोष्टको बारमा लागेर फर्किएको थियो।
यस्तै : खेलको १० औं मिनेटमा नेपालको तर्फबाट अमिसा कार्कीले डिबक्स बाट पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन्।उनले हानेको सुट गोल पोष्टको बारमा लागेर फर्किएको थियो।
बारम्बार दुवै टिमले एकपछि अवसर पाए पनि सदुपयोग गर्न भने सकेनन्।यस्तै खेलको ३४ औं मीनेटमा बंगलादेशी खेलाडी मोनीका चक्माले डिब्कस बाट गरेको प्रहार आकासिएको थियो।
त्यसपछि भने दुवै टिमले पहिलो हाफमा गोल गर्न नसकेको हो।आजको यो फाईनल जित्दै नेपाल ईतिहास रच्न चाहान्छ,भने डिफेण्डर च्याम्पीयन बंगलादेश फेरी पनि फाईनल जित्दै ट्रफिको रक्षा गर्न चाहान्छ।
अहिले खेल हेर्ने नेपाली फुटबलप्रेमी दर्शकले दशरथ रंगशाला भरिभराऊ भएको छ। आयोजक एण्फाका अनुसार साधारण तर्फ ११ हजार टिकट बिक्रि भएको छ भने भिआईपी तर्फ १ बजार टिकट बिक्री भएको जनाएको छ।