अमेरिका, पुस ३-संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गर्नु भएको छ । कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने, ‘मैले अझै १५ दिन राष्ट्रसङ्घमा बिताउन बाँकी छ। म अहिले पनि संयुक्त राष्ट्रसङ्घको महासचिव हुँ। राष्ट्रसङ्घबाट बिदा भएपछि केही समय आराम गर्ने र त्यसपछि कोरिया फर्किने योजना छ।कोरियामा फर्केपछि ‘मैले राजनीतिक नेतृत्वसहित सकेसम्म धेरै जनतालाई भेट गर्नेछु र मेरो राष्ट्रका लागि सकेसम्म गम्भीर रुपमा सोचेर विचार लिनेछु,’ महासचिव वानले भन्नुभयो।दक्षिण कोरियाले अहिले ‘राजनैतिक अस्तव्यस्तता’को अवस्थामा रहनुपरेकोे बताउँदै भन्नुभयो, ‘मलाई थाहा छ कोरियाली जनताले समावेशी नेतृत्वका लागि अभिलाषा प्रकट गरेका छन्।
उनीहरुको सामाजिक एकीकरण, पुनर्मिलन र अति परिपक्व प्रजातान्त्रिक संस्थाको चाहलाई अब आउने नेतृत्वले सम्बोधन गर्नुपर्ने छ।दक्षिण कोरियाका पूर्व विदेश मन्त्रीका रुपमा समेत अनुभव भएका ७२ वर्षीय नेताले वर्तमान राष्ट्रपति पार्ककै दलबाट अर्को वर्षमात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने योजना भएको अनुमान गरिएको छ।‘मलाई थाहा छ, दक्षिण कोरियाली जनताले कडा सङ्घर्षबाट प्राप्त गरेको प्रजातन्त्र र आर्थिक विकासलाई गुमाउन चाहन्नन्, किनकि यसैका कारण दक्षिण कोरिया विश्व जगतसँग सहयोगको याचना गर्नुपर्ने राष्ट्र एक समृद्ध र दाता बन्न सफल भएको छ। यो कोरियाली जनताले गर्ने एउटा गर्वको विषय हो।’ उहाँले भन्नुभयो जनताको हितमा काम गर्ने लचिलो र परिपक्व प्रजातान्त्रिक मुलुकका कोरियाली जनताले छिट्टै नै विद्यमान समस्याबाट मुक्त हुनेछन्। एएफपी