नेपालमा खेतीयोग्य जमिन २० प्रतिशत पनि राम्रो छैन: मन्त्री गिरी

दाङ,माघ ११- सिँचाइमन्त्री दीपक गिरीले नेपालको खेतीयोग्य जमिनको २० प्रतिशत पनि जमिनमा सिँचाइको पहुँच राम्रो नभएकाले सिँचाइ परियोजना सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खेतीयोग्य जमिनमा दिगो सिँचाइ व्यवस्थापनका लागि सरकार प्रयत्नरत छ भन्नुभयो ।

दाङमा पर्याप्त सिँचाइ सुविधा उपलब्धताका लागि राप्ती र बबई नदीमा सोलार लिफ्ट सिँचाइ आयोजनाको सर्भेक्षण गरिएको जानकारी पनि उहाँले दिनुभयो ।