निर्वाचन आयोगले आकस्मिक बैठक बोलायो

निर्वाचन सार्ने नसार्ने विषयमा छलफल हुने

काठमाडौं, जेठ,१५-

निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएको छ । भरतपुरको मतगणनाका बेला भएको घटना र प्रमुख दलहरूको सहमति अनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको हो ।

आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केहीबेरपछि बस्ने बैठकमा भरतपुर महानरको मतगणनामा भएको अप्रिय घटनाका विषयमा छलफल हुनेछ । आयोगका अनुसार भरतपुरमा भएको सबै विवरण माग गरी, प्रमुख आयुक्त र आयुक्तहरूले अध्ययन गरेर निर्णय गरिनेछ । आयोगले अन्तिम निर्णय नगर्दासम्म मतगणना हुने छैन ।

यस्तै आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रमलाई एक हप्ता पछाडि सार्न सकिन्छ कि सकिँदैन भनेर पनि परामर्श गर्ने बुझिएको छ । भरतपुर महानगरपालिकाको मत गणनाका बेला माओवादी केन्द्रका प्रतिनिधी द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटाले मतपत्र च्यातेको एमालेको आरोप छ ।

माओवादी केन्द्रले भने एमालेका प्रतिनिधी गंगालाल लामाले प्रहरीलाई हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको दाबी गर्दै आएको छ । घटनामा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपालवाणीवाट