कोलम्बियामा १५० यात्रु सवार डुँगा डुब्यो

एजेन्सी,असार, १२-

कोलम्बियाको उत्तर पश्चिम भेगस्थित पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ । उक्त घटनामा नौ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेको प्रहरीले जनाएको छ ।

डुंगामा पानी छिरेपछि छिटोछिटो डुंगा डुबेकोे बताइएको छ । तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए ।स्थितिको जाँचबुझ गर्न हवाइ सेनाको हेलिकप्टर त्यहाँ पठाइएको छ ।

घटनास्थल मेडेइन शहरबाट केही पर रहेको छ ।स्थानीय सरकारी अधिकारीहरुले स्थिति गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । डुँगा डुब्नुको कारणभने पत्ता लागेको छैन् ।