गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा सिंहको उम्मेदवारी

मलेसिया,भदौ,६-

सुदुरपश्चिम सेवा समाज मलेसियाका संरक्षक ज्ञानेन्द्र बहादुर सिंहले गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा मनोनयन दर्ता गराएका छन । नयाँ नेतृत्वको निर्वाचनका लागि युवा संयोजकमा पदमा उम्मेदवार एक महिना अघि घोषणा गरेका थिए।

ज्ञानेन्द्र बहादुर सिंह

मलेसियामै गठित सुदुरपश्चिम सेवा समाजका बिभिन्न जिम्बेवारी पदमा रही कार्यकाल सकुसल निर्बाह गरिसकेका सिङले एनआरएन २०११-१५ केन्द्रीय सदस्य समेत रहेका सिंह २०१७-१९ कार्यकालको लागि युवा संयोजकमा उमेदवारी दिने मनासय र आफ्ना केहि सहपाठी र सह यात्री साथीहरुलाई समर्थन लिदै संस्थाको परिमार्जित विधानको सम्मान गर्दै सोही मूल्य मान्यता लाई आत्मसात गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको सामाजिक संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको सिहंको भनाइ छ । सम्पुर्णको सहयोग समर्थनमा आफ्नो मात्र उम्मेदवारी रहेको र बिस्वासकै कारण आफु निबिरोध निर्वाचित हुनेमा विश्वस्त रहेको जिकिर समेत गरेका छन् ।

सस्थाको पद ठुलो कुरा नमानी जुन सुकै पदमा रहे पनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै बिगतमा भन्दा अझै बढी आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको उनले दाबि गरे ।

हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । यहि अक्टोबर २७ एनआरएन मलेसियाको अधिबेशन हुदै छ । नेपाल बझाङ घर भएका सिंह २००१देखि नै मलेसियामा कार्यरत छन् ।