दशैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै

काठमाडौं,भदौं,१८-

दशैंलाई लक्षित गरेर ल्याइएका समान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा समान बोर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसयी मारमा परेका छन् ।

सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसयीले जानकारी दिएका छन् । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान नछुट्दा व्यवसायीलाई मार परेको हो ।

भन्सार मूल्याङकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएका छन् । आजको कारोबारमा खबर छ ।