ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप

काठमाडौं, असोज १०-

उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे ।

उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो ।तर ह्वाइट हाउसले भने उत्तर कोरियाको टिप्पणीलाई बकबास भनेको छ भने पेन्टागनले उक्साउने काम रोक्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले भने दुई मुलुकलाई वार्तामा जोड दिएका छन् ।यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उन धेरै दिनसम्म नरहने चेतावनी दिएका थिए ।उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षण पछि अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चरमस्थितिमा पुगेको छ । (एजेन्सी)