नेपाल र हङकङबीचको खेल रद्द, सोमबार हुने

काठमाण्डौं,असोज,२९-

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल अन्तर्गत अाज हुने भनि तय भएकाे नेपाल र हङकङबीचको दोस्रो खेल समुन्द्रिक आँधीका कारण रद्द भएको छ।

हङकङ क्रिकेटले सामाजिक सञ्जालमा जनाए अनुसार शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले सुरक्षाका कारण खेल रद्द भएको जनाएको छ।

स्थगित खेल सोमबार रिजर्भ दिनमा हुने भएको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले पराजित गरेको थियो।