भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश

काठमाडौं,पुस,१२-

भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुर मैदानमा आज भएको खेलमा भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगको लागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा अविजित ४२ रनको महत्वपूर्ण पारी खेले ।यसअघि खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।भैरहवाका लागि पुनित मेहेराले सर्वधिक ४९ रन तथा आशिफ शेखले ४६ रन जोडेका थिए । 

यो जितसँगै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले फाईनलमा स्थान सुरक्षित गर्दा पराजित टोली शरद भेषावकरको भैरहवाले दोस्रो क्वालीफायर खेल्नुपर्ने भएको छ ।भैरहवाले अब ललितपूर प्याट्रिएट्स र पोखरा राईनोजबिचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।