कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौं, फागुन,२१-

नेपाली काँग्रेस संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा चयन भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेता चुनीनु भएको हो ।

६३ मत मध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिले मत परिणाम भने सार्बजनिक गरिसकेको छैन् ।

आज विहान मतदानका क्रममा पहिलो भोट नेता सिंहले खसाल्नु भयो  भने दोस्रो भोट देउवाले खसाल्नु भएको थियो ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् । आज २ बजे नै संसदीय दलको बैठक समेत आब्हान गरिएको छ ।