टोकियो ओलम्पिक एक वर्ष स्थगित

जापान,चैत्र११-जापानमा हुने टोकियो ओलम्पिक खेल एक वर्ष स्थगीत भएको छ । यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गर्नु भएको हो ।

एक वर्ष ओलम्पिक गेम्स स्थगित गर्ने आयोजक राष्ट्र जापानको प्रस्तावमा आईओसीका अध्यक्षले सहमती जनाउनु भएको थियो ।पछिल्लो सहमतीसंगै ओलम्पिक खेल सन् २०२१ सम्मका लागि स्थगित भएको छ । यस्तै पाराओलम्पिक समेत एक वर्ष पछि हुनेछ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै आयोजक जापानले सो प्रस्ताव गरेको हो ।’मैले करिब एक वर्षका लागि स्थगित गर्ने प्रस्ताव राखे र आईओसी अध्यक्ष थोमसले सतप्रतिशत सहमती जनाउनु भएको प्रधानमन्त्री अवेले जानकारी दिनुभयो ।

त्यसैगरी : ओलम्पिक स्थगित भएसंगै पारा ओलम्पिक समेत एक वर्ष पछाडी धकेलिने भएको छ ।यसले एथ्लेटहरुलाई राम्रो अवस्थामा खेल्न सम्भव तुल्याउँछ । र दर्शकका लागि समेत कार्यक्रम सुरक्षित हुने प्रधानमन्त्री अवेले बताउनुभयो ।

मंगलबार ब्रिटिस ओलम्पिक एसोसियसनले यस बिषयमा छलफल गरिरहेको समय जापानी प्रधानमन्त्री र आईओसी अध्यक्षबीच सहमती बनेको हो ।ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष ह्युग रोबर्टसनले टोकियो ओलम्पिकमा खेलाडी पठाउन असमर्थ रहेको बताउनुभएको थियो ।

क्यानडा र अष्ट्रेलियाले यसअघिनै टोकियो ओलम्पिकको निर्धारित मितिमा आफुहरु सहभागी नहुने प्रष्ट पारिसकेका थिए ।टोकियो ओलम्पिक जुलाई २४ मा सुरु हुने तय थियो ।

आयोजक जापानले प्रतियोगिता निर्धारित मितिमा सञ्चालन गर्न आफु तयार रहेको बताएको थियो । तर विश्व एथ्लेटिक्स महासंघ र विभिन्न युरोपेली देशले भने ओलम्पिक सार्न दबाब बढाईरहेका थिए ।कोरोनाको प्रभावबाट युरोप सहित विश्व समुदाय प्रभावित रहेको समय ओलम्पिक सार्न जोड रहदै आएको थियो । एजेन्सी