नयाँ वर्ष २०७७ साल आजबाट शुरु

काठमाडौं,बैशाख,१-नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज(सोमबार)बाट सुरु भएको हो ।

फाईल: तस्विर

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।

यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ  ।