जापानमा कोरोना संक्रमीत संख्या १० हजार नाघ्यो,२०३ जनाको मृत्यु

एकै दिन १३ जनाको मृत्यु, फुकुओकामा थप २ को ज्यान गयो

जापान,बैशाख,५-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शुक्रबार बिहान सम्म २ सय ३ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २०३ पुगेको हो ।
 
एकै दिन नयाँ ५७६ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार २ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १५ सय ८० जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ३४ जना निको भएका थिए ।
 
शुक्रबार बिहान सम्म जापानका विभिन्न ठाँउ, खानागावा, मिए, ओसाका, हियोउगो, ओकिनावा, ओईताकेनमा एकएक जना साईतामा र फुकुओकामा दुई दुई जना र टोक्योमा ३ जना, गरी १३ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ९ हजार २ सय ७६ जना संक्रमीत छन्,भने १ सय ९१ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ३३२ मृत्यु: १४ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ७८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १२३ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: ११२ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ५६३ जना, मृत्यु: १२ जना
१०.चिबा केनमा संक्रमित: ५९६ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: २५९५ जना, मृत्यु: ५६ जना
१२.खानागावा केनमा संक्रमित: ६७५ जना,मृत्यु:१५ जना 
१३.निईगाता केनमा संक्रमित: ४७ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १४६ जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: १०३ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४३ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३५ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ४९ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३७० जना, मृत्यु: २४ जना 
२१.मिए केनमा संक्रमित: २५ जना, मृत्यु: जना 
२२. सिगा केनमा संक्रमित: ५७ जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २२५ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१०२० जना, मृत्यु: ८ जना

२५. हियोउगो केनमा संक्रमित: ४५४ जना, मृत्यु:१६ जना

२६.नारा केनमा संक्रमित: ५४ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४३ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ११८ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: २९ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४१, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६२ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:४६१ जना,मृत्यु:८ जना
३६.सागा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३३,मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५४ जना, मृत्यु: जना 
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ९४ जना, मृत्यु: जना

४३. टोयामा केन संक्रमित: ६८ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ५४,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १४,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।