सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए

कैलाली,असार,१८-सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु भइसकेको छ ।सुदूरपश्चिममा हालसम्म ४९५ जना अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।