मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता

फाईल तस्विर !!

एजेन्सी,असार,२७-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १-० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो ।

यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे । उनले ५ असिस्ट समेत गरेका थिए ।

Image

मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । डियाजले ५ खेलमा ४ गोल गरे ।

३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो ।

मेस्सी प्रतियोगितामा सर्वाधिक धेरै प्लेयर अफ दि म्याच पाउने खेलाडी हुन् ।

अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए ।

ब्राजिलविरुद्ध उनले नै २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्जेन्टिनाका इमिलियानो मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर चुनिए ।