एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै

विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने

एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने

काठमाडौं,भदौं,२४-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ ।

सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिनुएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स हुनुुहन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै मेरिएट होटल जानुभएका उहाँहरुले अमेरिकी राजदूत र्‍याण्डी बेरीको कमलादीस्थित निवासमा बिहानको खाना खाएर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानु हुनेछ ।

प्रधानमन्त्री देउवासँग भने प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री ओलीसँग भेट गरेपछि मात्रै भेट्ने कार्यक्रम रहेको बताइएको छ । टोलीले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।

आजै उहाँहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए-नेपाल)को निरीक्षण गर्ने कार्यक्रम पनि छ ।

एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । टोलीले एमसीसी परियोजनाबारे उठेका प्रश्नहरुको उच्च राजनीतिक तहमा प्रष्ट्याउने प्रयास गर्नेछन् ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन भने एमसीसी पारित गर्ने उद्देश्यसहितका लागि बुधबारबाट संसद बैठक पनि बोलाइएको छ ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

सुमारसहितका अधिकारीहरु नेपाल आउनुपूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो।अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो ।