क्रिकेट टोलीका कप्तान सन्दीपले क्यानसँग भने, ‘म निर्दोष छु’

काठमाडौं,भाद्र,२३-राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफु निर्दोष रहेको बताएका छन् ।

बुधबार नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिवसॅंग कुराकानी गर्दै सन्दीपले आफु निर्दोष रहेको बताएका हुन् ।

उनले आफ्नो लागि एक बरिष्ठ वकिलको समेत व्यवस्था गरिदिन क्यानसँग अनुरोध गरेका छन्। 

‘सन्दीपसॅंग हिजो मैले सम्पर्क गरेको थिए । सीपीएल सकेर मात्र नेपाल फर्कने बताए।’मल्लले भन्नुभयो ‘नेपाल प्रहरीको अनुसन्धानमा क्यानले सकारात्मक सहयोग गर्नेछ ।’ 

सन्दीपले सीपीएलका हरेक खेलमा आफु खेल्ने समेत बताएका छन् ।“हामीलाई सन्दीपले वकिललाई लिईदिन अनुरोध गरेकामा हामी अभिभावकका रुपमा त्यसको व्यवस्था गरिदिने छौ।” मल्लले भने । 

आईसीसीको तथा एसीसीले समेत यस कुरामा चासो राखेको समेत मल्लले बताएका छन्।

यसैविच : सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।

प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताउनुभयो ।