काठमाडौं,माघ,१२-नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो ।
बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ ।