नेपाः राष्ट्रिय पार्टीले लक्ष्मण राजवंशीलाई सांसदबाट हटाउने

काठमाडौं, माघ ६ – नेपाः राष्ट्रिय पार्टीले आफ्ना एकजना मात्रै सांसद लक्ष्मण राजवंशीलाई पार्टीको मानार्थ सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरिएको नेपाः पार्टीका महासचिव डा। विजय सैंजुले जानकारी दिनुभयो ।

संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावबारे पार्टीले दिएको लिखित निर्देशन विपरित गरेर नेवाः प्रदेश र पहिचानका लागि भैरहेको आनदोलन विरोधीको गठबन्धनमा गएर पहिचान विरोधी गतिविधि गरेको ठहर गर्दै बैठकले राजवंशीलाई  निष्कासन गर्ने निर्णय गरेको हो । साभार उज्यालोबाट