प्रधानमन्त्री कप प्रतीयोगीतामा रेल्वे र एपिएफ उपाधीका लागि भिड्ने

बाँके,फागुन,१८-नेपालगंजमा जारी प्रधानमन्त्री कप चौथौं इण्डो नेपाल महिला भलिबल प्रतीयोगीतामा साविक विजेता भारको रेल्वे र उपविजेता एपिएफ विच उपाधीका लागि भिडन्त हुने भएको छ ।

नेपालगंजस्थित कर्भडहलमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३ शुन्यको सोझो सेटमा हराउँदा दोस्रो सेमिफाईनलमा एपिएफले पुलिसलाई ३ शुन्य कै सोझो सेटमा स्तब्ध बनायो ।

रेल्वे आर्मीलाई पहिलो सेटमा २५-१६ ले पछि पारेको थियो । दास्रो सेटमा सुधारिएको खेल प्रदर्शन गरेको नेपाल आर्मीले २१ १९ को अग्रता लिए पनि नतिजामा बदल्न सकेन ।

दास्रो सेटको अन्तिम समयमा खेलमा फर्कदै रेल्वेले २५ -२३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा रेल्वेले आर्मीलाई २५ १४ मै रोक्दै उपाधी नजिक पुग्यो । दास्रो सेमिफाईनलमा साविक उपविजेता एपिएफले पुलिसलाई २५ -१३ -२५- ७ र २५ -२२ को सेटमा स्तब्ध बनाएको थियो ।