भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी

सुर्खेत,जेठ १-

आईतबार भएको पहिलो स्थानीय चुनावको मतगणना अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ ।

अध्यक्षका उम्मेद्धवार नवराज कार्कि २ सय ७४ मतले ल्याउदै विजयी हुनुभएको हो । 

कार्कीको प्यानल सहित महिला सदस्य रजना बुढा, दलित महिला सदस्य दुर्गा सार्की र खुला सदस्यहरु नर बहादुर बुढा र हरीबहादुर थापा विजयी भएका छन् ।