काठमाण्डौं,चैत्र,२४-आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १ रुपैयाँले […]
Author: bihani
टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू
काठमाडौं,चैत्र,२४-टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ । नेपालमा टाइफाइड […]
सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि
काठमाडौं,चैत्र,२४-सर्लाहीको मलंगवामा अज्ञातको गोली लागेर घाईते भएका युवकको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका […]
भारतमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न नेपालले पायो अनुमति
काठमाडौं,चैत्र,२३-नेपालले भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् विक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् विक्री गर्न स्वीकृति दिएको हो । नेपालले यसअघि गत कात्तिकमा ३९ मेगावाट विद्युत् विक्रीका लागि नेपालले अनुमति पाएको थियो । योसंगै नेपालले भारतीय विद्युत् बजारमा ३६४ मेगावाट […]
एएफसी कप छनोट२०२२:आज मछिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्ने
काठमाडौं,चैत्र,२२-एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले आज मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।अघिल्लो पटक क्लब […]
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई
काठमाण्डौं,चैत्र,२१-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १८ रनमा समेटियो । उसका लागि सेसे […]
लिम्पियाधुरा सहितका सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह
काठमाडौं,चैत्र,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्प्यिाधुरा लगायतका नेपाल-भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो । प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको […]
प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने
नयाँदिल्ली,चैत्र,१९-तीन दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नु हुने भएको छ। देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी […]
आज फिफा विश्वकपको ‘ड्र’हुदै,हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट
एजेन्सी,चैत्र,१८-एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्।छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, […]
प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं,चैत्र,१८-प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ ।मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, […]


