विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

काठमाडौं,वैशाख,३-लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक […]

जापानबाट हासिल गरेका ज्ञान,सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं,बैशाख,३-परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो । मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग […]

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

काठमाडौं,बैशाख,२-इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ताको मारमा परेका छन् । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच […]

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदै, बुद्धकृष्णले नवौं पटक जिब्रो छेड्दै

काठमाडौं,बैशाख,२-भक्तपुरको प्रसिद्ध बिस्का: जात्राका क्रममा आज बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ । यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका हुन् । जिब्रो छेड्ने व्यक्तिले तीन […]

बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो

बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी […]

नयाँ वर्ष २०७९ साल आजबाट शुरु, वार्षिक राशिफल सहित

काठमाडौं,वैशाख,१-नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७८ साललाई बिदा गरी वर्ष २०७९ साल आज(बिहिबार)बाट सुरु भएको हो ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र […]

एमाले र राप्रपा बिच चुनावी तालमेलका लागी पाँच बुँदे सहमति

काठमाडौं,चैत्र,३०-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र नेकपा (एमाले)बीच स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जानेबारे पाँचबुँदे सहमति भएको छ । बुधबार एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेर पाँचबुँदे सहमति गरेका हुन् । सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार […]

नेपाली बजारमा सुनको आयात शून्य,आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं,चैत्र,२९-नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर ) को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो […]

गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

काठमाडौं,चैत्र,२८- गोली बोकेर जापान उड्न लागेकी युवती प्रकाउ परेकि छिन !  त्रिभुवन विमानस्थलबाट जापान जान लागेकि तनहुँकी सोविता नेपाली पक्राउ परेकी छन्।विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।  भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड […]

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]