काठमाण्डौं,माघ,२-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनुभयो। छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताउनुभयो। छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर […]
Author: bihani
आज माघे संक्रान्ति पर्व मनाईदै
काठमाडौं,माघ,१-सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान […]
निर्वाचन आयोगले आज सर्वदलीय बैठक गर्दै
काठमाडौं,पौष,३०-निर्वाचन आयोगले आज (शुक्रबार)सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ । यसैगरी, स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले […]
माघे संक्रान्ति पर्व नजिकिँदै, मगर समुदायमा तारो हान्ने चलन लोभ हुदैँ
काठमाण्डौं,पौष,२९-माघे संक्रान्ति पर्व नजिकिँदै छ।नेपालीहरुले परम्परागत रुपमा मनाउदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । विशेषगरी मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन्।ठाँउ अनुसार […]
उत्तर कोरियाद्वारा एकाविहानै ब्यालिस्टक मिसाइल परीक्षण
एजेन्सी,पुष,२७-उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ।हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल हुनसक्ने दक्षिण कोरियाका सैन्य […]
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज मनाईदै
काठमाडौं,पुष,२७-आज ३ सयौं पृथ्वी जयन्ती । राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर धुमधामसंग मनाईदै छ । सरकारले पूरै बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् । २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई […]
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं,पुष,२६-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने […]
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
काठमाण्डौं,पुष,२४-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ।शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो। प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]
कांग्रेसले गाउँ केन्द्रित राष्ट्रिय अभियान ल्याउँछ : महामन्त्री शर्मा
ताप्लेजुङ,पुष,२४-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले आफ्ना गतिविधि सञ्चालन गर्न आवश्यक देखिएकाले यसका लागि अभियान नै चलाउने बताउनुभयो । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको ईच्छा र आवश्यकतालाई पुरा […]
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
काठमाडौं,पुष,२४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै रहेको फ्रेन्ड्स […]







