भन्सार कार्यालय विराटनगरद्वारा ४० अर्ब राजस्व संकलन

विराटनगर,असोज,६-एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले रू. ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जानकारी दिएको […]

थप १४७८ संक्रमित, १६३० संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं,असोज,६-पछिल्लो २४ घण्टामा देशभर १४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको नमुनाको परीक्षण गर्दा १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

सिन्धुपाल्चोक,असोज,५-गएको असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची […]

चीनबाट आएको खोप लगाउन थालियो

काठमाण्डौं,असोज,५-चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको ४४ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार योसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ। चीनबाट आएको खोप सोमबारबाट लगाउन सुरु गरिएको छ। पहिलो मात्रा […]

आज कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन

काठमाण्डौं,असोज,५- नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन गर्दै छ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, बर्दिया र बाजुरामा वडा अधिवेशन गर्न लागिएको हो। गत १८ देखि जारी वडा अधिवशेन यसअघि कांग्रेसले ५७ जिल्लामा सकाएको छ।क्रियाशील सदस्यताको सूची बनाउन ढिला भएका काठमाडौंसहित उल्लिखित थप ७ जिल्लामा आज […]

विश्व बैंकबाट थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं,असोज,५-अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोग आवश्यक भएको बताउनु भएको छ । सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आएको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन […]

नेपालको ओमानमाथि ऐतिहासिक जित

काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको […]

किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

काठमाण्डौ,असोज,३-सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित […]

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

काठमाण्डौं,असोज,३-कमेडी च्याम्पियन सिजन-२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।  यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की […]

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली,असोज,१-सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री […]