काठमाडौं,भाद्र,७-विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ को परीक्षा दशैं अगाडी गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसअघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिए। परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ । […]
Author: bihani
आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल खोल्ने तयारी
काठमाडौं,भदौ,४-यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिशपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी […]
प्रदेश १ मा शेरधन राईको सरकार ढल्ने
विराटनगर,भदौ,४-ओली नेतृत्वको एमाले फुटेपछि प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछि राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ । प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । पार्टी फुटेपछी अब एमाले […]
माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने
काठमाडौं,भदौ,४-नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली हिजो साँझ […]
कोरोनाको जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक
डोटी,भदौ,३-कोरोना संक्रमण दर घटेसँगै पर्यटकीयस्थल खप्तड राष्ट्रिय पर्यटक आगमन बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन्।कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाह्य पर्यटक समेत आउने क्रम बढेको निकुञ्ज कार्यालयले बताएको छ । ‘डोटीमा कोरोना संक्रमण दर शून्यमा छ, खप्तडसहित यहाँका अन्य […]
तालिबानले बन्द गरायो अफगानिस्तान-भारत सीमापार व्यापार
एजेन्सी,भदौ,३-अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ। यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे। फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान […]
जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन
काठमाडौं,भदौं,२-जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् । […]
अन्तत फुट्यो एमाले:नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन
काठमाण्डौं,भदौ,२-नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ। निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ। पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले केपी शर्मा ओलीको अध्यक्षतामा […]
साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल मालदिभ्ससँग भिड्ने
काठमाण्डौं,भदौं,२-साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ।८ अक्टोबरमा भारतसँग खेल्ने नेपालले चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ। समूहका शीर्ष स्थानमा रहने दुई टोलीले १३ अक्टोबरमा उपाधिका लागि खेल्नेछन्।साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा […]
प्रधानमन्त्री देउवा र डा. केसीबीच ४ बुँदे सहमति
काठमाण्डौं,भदौ,१-प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ चिकित्सक डा.गोविन्द केसीबीच ४ बुँदे सहमति भएको छ। विभिन्न माग राखी भदौ ३ गतेदेखि अनसन थाल्ने तयारी गरेका केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री देउवा सहमत हुनुभएको हो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा […]



