टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ। आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत […]
Author: bihani
सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)
काठमाडौ,साउन,३१-सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो। तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र […]
सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं,साउन,३१-सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान […]
तपाई रेडियो अझै सुन्नुहुन्छ र ?
काठमाडौं,साउन,३०-सुचना , मनोरन्जन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो रेडियो । देशमा पछिल्लो पटक संचारको विकास द्रुत गतिमा वढेसगैं रेडियोको स्थापनामा पनि बृद्दि आयो । फलस्वरुप अहिले जस्तो युट्युब् फेसबुक/अनि टिकटकको लोकप्रीयता जस्तै कुनैबेला ईलोक्टोनिक मिडिया भएकाले रेडियोकोपनि चर्चा धेरै थियो । यस क्षेत्रमा लाग्ने युवायुवितिहरुको संख्यामा पनि ह्वातै वृद्दि आएको थियो ।झन्डै […]
संसद बैठक स्थगित बारे कुन दलका नेताले के के भने ?
काठमाडौं,साउन,३०-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ। सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताउनुभएको हो। उहाँले बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताउनुभयो।उहाँले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताउनुभयो। सभामुखले संसदको नियमित प्रक्रियाभन्दा […]
गठबन्धन बैठक : सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने निर्णय
काठमाडौ,साउन,३०-सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्याउनु भएको गठबन्धनको ठहर रहेको […]
इन्टर मायमी लिग्स कपको सेमिफाइनलमा प्रवेश
काठमाडौं,साउन,२७-इन्टर मायमीले चार्लोट एफसीमाथि फराकिलो जितका साथ लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै प्रभावशाली प्रदर्शन गर्दा इन्टर मायमीले ४-० को जितका साथ अन्तिम चारमा स्थान बनाएको छ।घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १-१ गोल गरे!एक गोल भने आत्मघाती गोल भएको थियो। […]
एएफसी कप: मच्छिन्द्रको पारो एफसीमाथि ३-२ गोलको जित
काठमाडौं,साउन,२३-मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ। मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३-२ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो।भुटानको शीर्ष डिभिजन च्याम्पियन पारोले गोल गर्दै अग्रता बनाए पनि जित निकाल्न सकेन।अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट […]
सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह
काठमाडौं,साउन,२३-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबिलाई गर्न दिन आग्रह गर्नुभएको हो।उहाँले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा […]
ललिता निवास प्रकरण : तत्कालिन मन्त्रिपरिषद्का पदाधिकारीमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
काठमाडौं,साउन,२२-सर्वोच्च अदालतले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै ललिता निवासको सरकारी जग्गा […]