पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडी प्रहरी धरपकड

काठमाडौं,पुस,२७-पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो । प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् । दिवस मनाउन पुगेकाहरुले निकालेको र्‍यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि […]

आयोगले थाल्यो निर्वाचनको तयारी: निर्वाचन रोक्न प्रचण्ड-नेपालको माग

काठमाडौं,पुस,२७-पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन्। सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते […]

अमेरिकाका राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी, तुरुन्त राजीनामा दिन सुझाव

काठमाडौं,पुस,२७-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ।केही दिनअघि संसद् भवनभित्र भएको हुलदंगा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरिरहेका हुन्। डेमोक्र्याटिक पार्टीका एक नेताले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन्। बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग महाभियोग प्रक्रिया यो […]

प्रधानमन्त्रीको दावी : संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छ

काठमाडौं,पुस,२६-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको र अहिले भएको प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गर्नुभयो।उहांले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो। ‘संविधानको धारा ७६ को १ अनुसारको […]

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं,पुस,२६-काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रिय सभामा समसामयिक विषयमा प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुका साथै आगामी वैशाखमा चुनावसमेत तय गरिसक्नु भएको छ । प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, […]

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै? भन्नेहरु पक्राउ

काठमाडौं,पुस,२४-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै?’ भन्ने टिसर्ट लगाएका केही युवा पक्राउ परेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीसँग त्यही प्रश्न दोहोर्याएका छन्। प्रहरी हिरासतमा रहेका युवाहरुको फोटो सेयर गर्दै शर्माले ट्वीट गरेका छन्, ‘प्रश्न गर्नेलाई होइन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस्। प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो! साँच्चै ‘निर्मला पन्तको बलात्कारी […]

दार्चुलामा भारतले फेरि सीमा मिच्यो

काठमाडौं,पुस,२३-भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ।अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो ।२०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो । पुस १ गतेदेखि […]

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

कैलाली,पुस,२२-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी […]

संवैधानिक इजलासको बहस स्थगित : न्यायाधीश कार्कीले छाडे

काठमाडौं,पुस,२२-संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्। अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाड्नु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनुभयो । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री […]

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सुनुवाइ हुने

काठमाडौं,पुस,२२-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो । पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई […]