काठमाडौं,पुस,७-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारमात्र भंग भएको र संसद भने जीवितै रहेको बताउनु भएको छ । मंगलबार बबरमहलमा भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद जीवित रहेको जिकिर गर्नुभयो । ‘केपी सरकार भंग भयो’, प्रचण्डले भन्नुभयो, ‘संसद भंग भएको छैन। संविधानतः संसद जीवित छ।’प्रचण्डले ओली कम्युनिस्ट […]
Author: bihani
हालसम्मकै उच्च अंकले बढ्यो बजार, करीब ७ अर्बको कारोबार
काठमाडौं,पुस,७-मंगलवार शेयर बजार हालसम्मकै उच्च अंकले बढेको छ । यो दिन बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको हो । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ । १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर […]
पछिल्लो २४ घण्टामा ७२२ संक्रमित, ९६६ संक्रमणमुक्त, ३ जनाको मृत्यु
काठमाडौं,पुस,७-पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको […]
नेकपाको बहुमत केन्द्रीय सदस्यले ओलीलाई अध्यक्षबाट हटायो, माधव नेपाल नयाँ अध्यक्ष
काठमाडौं,पुस,७-नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएको छ।सो बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ। सो पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए। […]
नेकपा पार्टी कार्यालयमा ओली पक्षले लगायो ताल्चा
काठमाडौं,पुस,७-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ । नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले पार्टी कार्यालयमा ताला लगाएको बताइएको छ । आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेको छ । विवादकै कारण लगभग पार्टी […]
ओली पक्ष नेकपाको निर्णय : २०७८ मंसिर २ गते महाधिवेशन गर्ने
काठमाडौं,पुस,७-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते (२०७८) मा महाधिवेशन गर्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बमोजिम आगामी मंसिर २ गतेका लागि महाधिवेशनको मिति तोकेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले काठमाडौँमा महाधिवेशन […]
नेकपाको बैठकले आज ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बनाउने तयारी
काठमाडौं,पुस,७-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ। उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्। ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको […]
उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली
काठमाडौं,पुष,६-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले पार्टी एकताका समयमा चित्त नदुखाउन् भनेर दोस्रो […]
कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल
काठमाडौं,पुस,६-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एकताबद्ध भएको बताउनु भएको छ । कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्र विरोधी कामले पार्टी एकतालाई तात्विक असर नपर्ने अध्यक्ष दाहालले बताउनु भयो । नेकपा भित्रको आन्तरिक द्धन्द्धले संसद विघटन समेत भैसकेको अवस्थामा अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो । आज एक विज्ञप्ती जारी […]
ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने
काठमाडौं,पुस,६-प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली मंगलबार बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा भएपछि नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्न लागेको हो । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवााटरमै बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको […]




