‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं,कात्तिक,६-भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब १ बजे भारतीय एअरफोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सोही विमानबाट गोयल बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । तर, उनको नेपालको छोटो भ्रमणको […]

कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं,कात्तिक,६-नेपालमा बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ। […]

शिक्षा पत्रकार समूहको शिक्षाबार भर्चुअल सम्बाद-३१

काठमाण्डौं,कात्तिक,६-कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले बुधबार जोड दिएका छन्।अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । कर्णालीका शैक्षिक सवाल र भावी दिशाबारे शिक्षा पत्रकार समूहले […]

कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने

काठमाडौं,कार्तिक,५-विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ । संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी […]

बडा दशैंको आज पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तिक,५-बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र […]

दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तिक,४-बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख […]

मन्त्रिपरिषद् निर्णय:व्यापक विरोध पछि मन्त्रीहरूको दशैंभत्ता कोरोना कोषमा

काडमाडौं,कार्त्तीक,४-कोरोना विपद्का समयमा पनि सांसद तथा मन्त्रीहरूले दशैंभत्ता लिएकोमा व्यापक विरोध भएपछि सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिनुभयो । व्यापक आलोचना भएपछि सत्तारूढ दलका केही सांसदहरूले […]

शर्मिला गुरुङको स्वरमा अहिले सम्मकै फरक गीत “परदेशीको स्वास्नी” भिडियो सहित

काठमाण्डौं,कार्त्तीक ४-अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको“परदेशीको स्वास्नी”सोमबार मात्रै सार्बजनिक भएको छ। बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ। बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्। भिडियोमा हाम्रै […]

वडा दसैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तीक,३-वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो […]

आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

काठमाडौं,कार्तिक,२-नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा […]