एकैदिन ४०४७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १११८०२ पुग्यो

काठमाडौं,असोज,२६-नेपालमा सोमवार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप […]

चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

काठमाडौं,असोज,२४-मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् ।यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ । मुलतः विश्व अर्थ व्यवस्थालाई हाँकिरहेका अमेरिका, चीन, भारत जस्ता […]

३ सयको मृत्यु भएपछि आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता

काठमाडौं,असोज,२४-आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।विवादित नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर केही समययता आर्मिनिया र अजरबैजानका सेनाबीच भिडन्त हुँदै आएको थियो। दुवै देश युद्धविराम गर्न सहमत भएको रुसका विदेशमन्त्री सर्गी लाभरोभले जानकारी दिएका हुन्।रुसी मध्यस्थतामा मस्कोमा दश घण्टा भएको वार्तापछि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन्। यससँगै दुवै देशले हालैको यद्धमा मारिएका […]

नेपालमा कोरोनाका कारण ६०० जनाको मृत्यु,थप २०५९ जनामा कोरोना संक्रमण

काठमाडौं,असोज,२३-नेपालमा शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार […]

राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न: डा.केसीको जिवन रक्षाको माग

काठमाडौं,असोज,२२-राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै  आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय […]

अहिले सम्मकै धेरै ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज

काठमाडौं,असोज,२२-नेपालमा बिहीवार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । […]

निर्बाचन आयोगबाट राप्रपाले पायो मान्यता

काठमाण्डौं,असोज,२१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिनुभएको छ।   अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको […]

काठमाडौंमा बसिरहेकालाई दशैंमा गाउँ नजान सरकारको आग्रह

काठमाडौं,असोज,२१-सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ।कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो । असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाने फर्किने गर्दा संक्रमण दुबैतर्फ फैलनसक्ने भन्दै काठमाडौंबाट गाउँ नजान आग्रह गर्नुभएको हो । अरु जिल्लामा संक्रमण नियन्त्रणको दिशामा […]

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ को मृत्यु, एक वेपत्ता

काठमाडौं,असोज,२१-जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्। दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताउनुभयो ।० उहाॅंका अनुसार एकजनाको शव फेला […]

एकैदिन ३४३९जनामा कोरोना संक्रमण,१५ को मृत्यु,११२६ जना डिस्चार्ज

काठमाडौं,असोज,२१-नेपालमा बुधवार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधवार थपिएका कोरोना संक्रमितको  संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ […]