काठमाडौं,साउन,१९-पर्सामा थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका […]
Author: bihani
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच ठोस सहमतिका लागि छलफल चल्दै
काठमाडौं,साउन,१९-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।आइतबारको बैठकमा कुनै सहमति नभएपछि फेरी छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ […]
अपडेट मेलम्ची पहिरो: ५ शव निकालियो, दुई जनाको पहिचान
सिन्धुपाल्चोक,साउन,१९-माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये पाॅंच जनाको शव निकालिएको छ ।मृतक भएका मध्य दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । मेलम्ची नगरपालिका ११ मा […]
आज जनै पूर्णिमा पर्व: देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै
काठमाडौं,साउन,१९-आज देशभर जनै पूर्णिमा पर्व अर्थात रक्षाबन्धन मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण […]
तनहुॅंमा मास्क नलगाउनेलाई कारवाही, ३३ हजार राजस्व संकलन
तनहुॅं,साउन,१८-मास्क प्रयोग नगरी हिँडडुल गर्ने तीन सय ३० जनालाई कारबाही गरेर तनहुँ प्रहरीले ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार राजश्व सङ्कलन भएको हो। शनिबार एक सय, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार एक सय जनालाई कारवाही गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो। ‘जिल्ला […]
वीरगञ्जमा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना पुष्टि
पर्सा,साउन,१८-वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा संक्रमण पुष्टी भएको हो । यो संगै पर्सामा आज मात्रै १४ महिला ३१ पुरुष सहित ४५ जना संक्रमित थपिएको पर्साका […]
एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि
काठमाडौं,साउन,१८-आर्सनलले एफए कपको उपाधि जितेको छ।शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।आर्सनलको जितका लागि पिएरे एमरिक ओबामेयाङको दुई गोल गरेका थिए । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले […]
थप ३१५ जना कोरोना संक्रमित थपिए, निको हुनेको संख्या १४ हजार नाघ्यो
काठमाडौं,साउन,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१५ जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण […]
‘इनफ इज इनफ’का युवा प्रहरीको नियन्त्रणमा
काठमाडौं,साउन,१७-‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध […]
पार्टीको एकता माथिल्लो स्तरमा सुदृढ गर्नुपर्छः प्रचण्ड
काठमाडौं,साउन,१७-सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताउनु भएको छ । नेकपाका पुराना नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई सम्बोधन गर्दै शनिबार बिहान ललितपुरमा अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’ […]

