काठमाडौं,साउन,१३-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न आग्रह गर्नुभएको छ । मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र वाँकी अवधीभरका लागि प्रधानमन्त्रीकै जिम्मेवारीमा रहन भन्नुभएको छ । साथै उहाँले महाधिवेशनसम्म पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी प्रदान गर्न पनि प्रस्ताव गर्नुभएको […]
Author: bihani
विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्रीवितरणमा रोक, चौतर्फी विरोध
काठमाडौं,साउन,१२-सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको छ।सरकारले प्रश्नपत्रहरुको संगालो, प्राटिक्सबुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक लगाएको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ […]
१३९ जना कोरोना संक्रमित थपिए,६२६ जना डिस्चार्ज, मृत्यु हुनेको संख्या ४८ पुग्यो
काठमाडौं,साउन १२-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।पछिल्लो २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । आइतबार पर्सा वीरगंज बस्ने ६५ वर्षीय भारतीय नागरिकको, आइतबारै धनुषा शहीदनगरका ३६ वर्षीय पुरुषको र बारा […]
कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक
काठमाडौं,साउन,१२-भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका […]
नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो
काठमाडौं,साउन,११-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा नयाँ १ सय ३० जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको बताउनु भयो । अहिले सक्रिय संक्रमित ५ […]
इंग्लिस प्रिमियर लिग आज सकिदै, छनौट तथा रेलीगेशनबाट बच्न रोचक भिडन्त
काठमाडौं,साउन,११-इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिदैछ।आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ । प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा छनौट भईसक्दा तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने टोलीहरुको टुंगो आज लाग्नेछ । तेस्रो स्थानको म्यान्चेस्टर […]
राष्ट्रिय टिमको प्रशिक्षण भदौ १ देखि,युवा स्टार बिमल घर्ती टिममा परेनन्
काठमाण्डौं,साउन,११-अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाएको छ।एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले तयार पारेको खेलाडीको सुची अनुसार ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। प्रशिक्षणमा बोलाइएका सबै खेलाडी श्रावण १७ बाट श्रावण ३० सम्म होटेलमा क्वारेन्टाइनमा बस्नेछन। सबै खेलाडी दुई साता क्वारेन्टाइनमा बसेपछि एन्फा होस्टेलमा रहेर भाद्र […]
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको
काठमाडौं,साउन,१०-नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो । पछिल्लोपटक बाराको परवानीपुर गाउँपालिका–८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको उहाँले बताउनुभयो ।ती किशोरीको वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको […]
रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै
काठमाडौं,साउन,१०-‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज(शनिबार) हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]
आज नाग पञ्चमी पर्व मनाईदै
काठमाडौं,साउन,१०-आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ। घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता […]




