काठमाडौं,असार,२१-बुण्डेसलिगा च्याम्प्यिन बनिसकेको बायर्न म्यूनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता […]
Author: bihani
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं,असार,२१-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आईतबार बस्दै छ।बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै […]
कैलाली,अछाम,डोटी र बाजुरामा मात्र ५ सय बढी कोरोना संक्रमित
कैलाली,असार,२१-सुदूरपश्चिमका चार जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।नेपालका ११ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा सुदूरपश्चिममा मात्रै चार जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढि पुगेका हुन् । कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो […]
प्रधामन्त्रीलाई पद त्याग्न युवा नेता योगेश भट्टराईले गरे लाक्षणिक आग्रह
काठमाडौं,असार,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लि रहँदा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको छ । नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उहाॅले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको हो । दक्षिण अफ्रिकी नेता नेलसन […]
बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगायो
बझाङ,असार,२०-बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्।जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो।बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो । पानी […]
प्रधानमन्त्री ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुने
काठमाडौं,असार,२०-सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज (शनीबार) पनि दुई अध्यक्षबीच छलफल हुँदैछ। स्थायी समितिको बैकठ बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक र अन्तिम वार्ताका लागि पुष्पकमल दाहाल प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन्। वार्तामा को-को बस्छन् प्रष्ट भइसकेको छैन। तर, आज ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने नेकपा स्रोतले जनाएको छ। चालु स्थायी समिति बैठकमा सहभागी […]
सामाजिक दूरी कायम नगर्दा काँग्रेस सभापति देउवाले झपारे कार्यकर्तालाई
काठमाडौं,असार,१९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गर्नुभएको छ ।उहाॅंले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काउनु भएको हो । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा साढे २ मिनेट सम्बोधन गर्दै देउवाले नेताहरुलाई थार्काउनु भएको […]
चीनसँग झडप भएको लद्दाखमा मोदी अचानक पुगे
काठमाडौं,असार,१९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुग्नु भएको छ। उहाॅ आज (शुक्रबार) बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुग्नु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट […]
सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए
कैलाली,असार,१८-सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु […]
नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण, एकैदिन ६६४ जना निको भए
काठमाडौं,असार,१८-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर […]



