मोदीको भ्रमणक्रममा सीमा अतिक्रमणको विषयलाई वार्ताको एजेन्डा बनाउन माग

काठमाडौं, वैशाख,२४- राष्ट्रियसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न सरकारसँग आग्रह गरेका छन् ।   राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका […]

मोडल सिवाकोटीले पाए आफ्नै प्रेमिकाबाट धोका

सिर्जना बर्देवा/  बैशाख,ओखलढुंगा,२४- पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् । यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ […]

उपयुक्त निकास दिन सरकारसँग कांग्रेस बाँकेको माग

नेपालगन्ज,वैशाख,२१- नेपाली कांग्रेस बाँकेले यातायात क्षेत्रमा देखा परेको समस्याको उपयुक्त निकास दिन नेपाल सरकारसँग माग गरेको छ । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यातायात सुविधाबाट आम नागरिकलाई बञ्चित नहुने गरी वैकल्पिक व्यवस्था तथा सम्बन्धित पक्षहरुलाई तत्काल वार्तामा बोलाएर उपयुक्त निकास दिन माग गरेका हुन् । ‘यातायात व्यवसायीबाट आव्हान गरिएको आन्दोलनलाई […]

बैजनाथका सामुदायिक बिद्यालयले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने

कोहलपुर,बैशाख,२१- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका छन् । अबका दिनमा बिद्यालयमा लैंगिकमैत्री सिकाई निर्माणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका हुन । योजना निर्माण गरेर शिक्षण कृयाकलाप संचालन गर्ने तयारी पनि गरिसकेको बिद्यालयका शिक्षकहरुले जनाएका छन् । बिद्यालयमा लैंगिकमैत्री शिक्षण गतिबिधि नहुँदा बिद्यार्थी तथा शिक्षकहरुमा सामान अवधारणाको बिकास […]

एमाले माओवादी:पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल गर्दै

काठमाण्डौं,बैशाख,१९- दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै बैठक आज बुधबार बस्दै छ। एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने एमाले श्रोतले जनाएको छ। बैठकको समय भने टुंगो लागेको छैन। माओवादी केन्द्रले पनि एमालेसँगको पार्टी […]

वडा स्तरीय रात्रकालिन कबड्डी प्रतियोगिता हुँदै

नेपालगञ्ज बैशाख,१८- नेपालगन्जमा फेरी खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगिता हुँदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयले २५ गतेदेखि खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिता गर्न लागेको हो । नकआउट सिस्टमका आधारमा खेलाइने प्रतियोगितामा देशभरका नेपाली नागरिकले खेल्न पाउने आयोजकले जनाएको छ । कबड्डीमा युवा आर्कषण बढाउन, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न […]

रिगललाई अर्कै कारागारमा सार्ने कार्य प्रती परिवारजनको असन्तुष्टी

बाँके,बैशाख १८–  बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ ।  ढकाल परिवारले प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, निजको बाँके जिल्लामा मुद्दा चलीरहेको र सम्मानीत जिल्ला अदालतले सुनाएको फैसलाको लिखित कागजात नबुझिसकेको अबस्थामा पनी गृह प्रशासनले विना कारण पटक पटक […]

असिना पिडित बस्तीमा उप प्रमुख

नेपालगञ्ज,बैशाख,१७- नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले असीनाले पुर्याएको क्षतीको अवलोकन गरेको छ ।नेपालगञ्ज वडा नं.२० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा आईतवार आएको हावाहुरी असिनावाट पिडित बस्तीमा उप प्रमुख मगरले सोमवार अनुगमन गर्दै पीडितलाई सहानुभती प्रकट गर्नु भएको हो । असिनाबाट करिव ५० घर बढीमा क्षती पुगेको वडा न २० का अध्यक्ष कृष्ण […]

जे. शर्मा मेडिकलमा गएराति आगलागि

बाँके,बैशाख,१६- नेपालगन्जको धम्वोझी स्थित जे. शर्मा मेडिकलमा गएराति आगलागि भएको छ । आगलागिबाट करिव २ करोड बराबरको क्षति भएको छ ।नेपालगन्जमा जे शर्मा मेडिकलका नामले चर्चित यस मेडिकलमा स्वास्थ्यकर्मी जीवन शर्माले विरामीको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने भएकोले सेवा ग्राहीको घुईचो लाग्ने गर्दथियो । जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागिबाट मेडिकल, […]

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौं,बैशाख,१६- विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने […]