नरेश खड्का/ दाङ, कार्तिक,७- दाङको घोराहीमा सभागृह निर्माणले गति लिएको छ । अबको २० महिना भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले सभागृहको काम सुरु गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सुरु भएको सभागृह बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले अबको १८ देखि २० महिना भित्रमा सम्पुर्ण निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको […]
Author: bihani
मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं, कात्तिक ७- मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी […]
फिफा वेष्ट प्लेयर अवार्ड क्रिष्टियानो रोनाल्डोलाई
काठमाडौं,कार्त्तीक,७- विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि […]
छठ पर्व आजबाट सुरु
काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]
जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत
जापान,कार्तीक,६- जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा […]
आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा
काठमाडौं, कात्तिक ६- इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे । एभर्टनका वायन रुनी र ईद्रीसा गुवेले एक–एक गोल गरे […]
२८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्यो
काठमाडौं,कार्तीक,५- संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कार्तिक ५ गतेसम्म सञ्चालन भएको विश्वस्तरीय सैन्य अभ्यास (Exercise Cambrian Patrol 2017) मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो। युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस […]
गठबन्धनका दललाई कांग्रेसले दियो : ८ सिट
काठमाण्डौ,कार्तीक,५- नेपाली कांग्रेसले मंसिर १० मा पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई ८ सिट दिएको छ। कांग्रेसले प्रतिनिधि सभामा दुई र प्रदेश सभामा ६ सिट गठबन्धनका दलहरुलाई छोडिदिएको हो । पहिलो चरणको निर्वाचनमा कांग्रेससँग राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीले चुनावी गठबन्धन गरेका छन् । चुनावी […]
मोटरसाइकलको ठक्करबाट पागल चौराहमा एक बालक गम्भीर घाइते
गोपाल जंग थापा/ टीकापुर,कार्तीक,५- कैलालीको जानकी गाउपालिका वडा नम्बर ३ स्थित पागल चौराहमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन । ईलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार से २ प १७६३ नम्बरको मोटरसाइकलले आज दिउसो १०:१५ बजे ठक्कर दिदा जानकी गाउपालिका वडा नम्बर ३ लायकपुर शीविरमा बस्ने मनोज रावतका १० वर्षिय छोरा टीपल […]
३२ जिल्लामा आज उल्लासमय मनोनयन दर्ता
काठमाण्डौं,कार्त्तीक,५- नयाँ संविधान अन्तर्गत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आज उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् ,भने कतै साइत हेराएर मात्र उम्मेदवारी दर्ता गरिएको छ। पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुग्नु भएको थियो । उहाँ माओवादी केन्द्रका […]










