मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर गर्दैनः निर्वाचन आयोग

काठमाडौं,असोज,२८- निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गर्नु भएको थियो  । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त […]

चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि

काठमाण्डौं,असोज,२८- बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ। यो […]

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने

काठमाण्डौं,असोज,२८- नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ आज साँझ ७ बजे खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँगको परामर्शपछि नवनियुक्त मन्त्रीको सपथको समय तोकेकी हुन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर सरकार […]

निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन

काठमाडौं, असोज,२८- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्यसचिवमार्फत् सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले […]

आज ५९२ शांसदलाई बाटो खर्च दिएर बिदाई गरिदै

 काठमाडौं,असोज,२८- संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् तरिकाले आज बिदाई गरिंदैछ । संसदको शुक्रबार बैठक अन्तिम भएपनि आज विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् । अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि […]

बाबुरामले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने

काठमाण्डौं,असोज,२७- नयाँ शक्ति पार्टीले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने निर्णय गरेको छ। नयाँ बानेश्वरको क्वालिटी ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले तालमेल भएका क्षेत्रमा बाहेक पार्टीबाट एकल उम्मेदवारी दिने निर्णय गरेको हो। नयाँ शक्तिले गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको भन्दै आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा […]

मन्त्रिपरिषद् विस्तार : उपप्रधानमन्त्रीमा थापा सहित चार जना मन्त्री थपिए

काठमाण्डौं,असोज,२७- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्नु भए पनी मन्त्रालय भने तोकिएको छैन । यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भएका […]

हङकङसँग नेपाल पराजित

काठमाडौं, असोज २७- विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ ।पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त भएको छ । आज हङकङस्थित मिसन रोडको मोङकङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई […]

घोराहीमा २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईयो

 रोशन घर्ती / दाङ, असोज ,२७-  दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालको परीसरमा आज २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईएको छ । USAID को अार्थीक सहयोगमा संचालित सुअाहारा दोस्रो चरणको असल पोषण कार्यक्रम अन्तर्गत २२ अाै अन्तर्राष्ट्रिय अण्डा दिवस मनाईएको हाे । सुनाैलाे हजार दिन अामाको लागि २ वर्ष मुनीका बालबालिकाको स्वस्थ दिमाग र अन्य शारिरिक […]

एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा हुने

काठमाडौं,असोज,२७- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ । संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ । भट्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) उपाध्यक्ष र गुरूङ आईसीसी सदस्य हुन् । गुरूङले बिहीबार […]