स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

काठमाडौं, चैत १२- स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या […]

आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने

काठमाडौं, चैत १२- रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा आउँदो मंगलबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस/प्रशासनले जनाएको छ । गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो ।सर्वोच्चले चुनाव गर्न आदेश […]

सीके राउतलाई पाँचौपटक म्याद थप

काठमाडौं,चैत, १२ –राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त ९सीके० राउतलाई सिरहा अदालतले शुक्रबार पाचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश […]

तीन करोडभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रासहित चार थाइ महिला पक्राउ

काठमाडौं, चैत ११ – नेपालबाट ठूलो परिमाणमा विदेशी मुद्रा लिएर जान लागेका चारजना थाइ महिलालाई प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।ती महिलाहरुबाट ३ करोडभन्दा बढी नेपाली रुपैयाँ मूल्य बराबरको विभिन्न देशका विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ८६ हजार एक सय ६२ अमेरिकी डलर, दुई लाख […]

मधेसी मोर्चासँग सहमति भई सहजरुपमा चुनाव हुन्छ: उपप्रधानमन्त्री महरा

रोल्पा, चैत ११- उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति हुने दाबी गर्नुभयो । आजरोल्पाको लिवाङमा सन्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहजरुपमा स्थानीय तहको चुनाव हुने दाबी गर्नुभयो । प्रदेश सीमांकनको विषयलाई पछि टुंग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि मन्त्री महराले बताउनुभयो […]

जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान, चैत ११- काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।

अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

 काठमाडौं, चैत११- म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यस सम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न चार अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएकोमा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् लैजाने तयारी गर्नु […]

प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत

काठमाडौं,चैत,११- प्रतिपक्षी सहित प्रमुख दलहरू सीमांकन बाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्के लगत्तै सहमतिको सम्भावना देखिएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरा सम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशन समेत दिएका छन् ।महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका […]

एमाले सांसद दुलारी देवीको निधन

काठमाण्डौं, चैत ११- नेकपा एमाले की समानुपातिक तर्फकी सांसद दुलारी देवीको बिहीबार राति निधन भएको छ। भारतको बिहार, सितामढीमा  मोटरसाइकल दुर्घटनामा परी घाइते भई उपचाररत उनको गएराति पौने ९ बजे निधन भएको हो। उहाँको ललितपुर, ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो। यही चैत ३ गते भारतको सीतामढीमा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको एमाले स्थायी […]

प्रधानमन्त्री दाहाल चीन प्रस्थान

काठमाडौं, चैत ११- प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन गएराति चीनको हैनान प्रान्तको बोआओ सहर प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा पुगेका थिए । सो […]