काठमाडौं,चैत, १६- सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा सरकार पुगेको हो । सरकारले सीमांकन संशोधनको विषय आयोगबाट टुंगो […]
Author: bihani
सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय
काठमाडौं, चैत १६- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाको सहमतिमै सीमांकनबाहेकका विषयलाई संविधान संशोधनमार्फत् टुंगो लगाउन पहल गर्ने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले सीमांकनबाहेकका भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकताको विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सीमांकनको टुंगो गर्न भने शक्तिशाली आयोग गठन […]
प्रधानमन्त्रीको चीन भ्रमण सफलः परराष्ट्र विज्ञ
काठमाडौं,चैत,१५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गर्नु भएको छ ।अधिकारीले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४५ मिनेट भेटवार्ता हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै भ्रमण पूर्ण रुपमा सफल भएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा बोल्दै डा.अधिकारीले भन्नुभयो प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा […]
स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक
काठमाडौँ, चैत १५- स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ । अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ ।स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी भर्नाका सबै प्रक्रिया स्थानीय सेवा आयोगले गर्नेछ । सङ्घ र प्रदेशमा भने लोकसेवा अयोगले कर्मचारी भर्ना […]
आरआर क्याम्पसमा स्ववियुको चुनाव हुँदै
काठमाडौं, चैत १५ – काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव मंगलबार हुँदैछ । चैत २ गते सर्वोच्च अदालतको आदेश अनुसार आरआरमा चुनाव हुन लागेको हो ।अहिले केहीबेरमा हुने मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान गर्न विद्यार्थी बिहानैदेखि लाइन बसेका छन् भने प्रहरीले सुरक्षा दिइरहेको छ । मतदान […]
कांग्रेस नेताहरु चाहन्छन् : चुनावअघि नै सीमांकन बाहेकमा संशोधन
काठमाडौं,चैत्र १५- कांग्रेसले सीमाकंन थाँती राखेर भए पनि मधेसी मोर्चाले उठाएका बाँकी बिषय संशोधन नगरी निर्वाचनमा जान नहुने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा अधिकांश सदस्यले कांग्रेसकै पहलमा सरकारले प्रस्तुत गरेको संशोधन विधेयक पारित गर्न सरकार घटक राप्रपा नै तयार नभएकाले सीमाकंन थाँती राख्न सुझाव दिएका हुन । उनीहरुले सीमाकंन बाहेकमा संशोधनका लागि […]
सडक र रेलमा चिनियाँ राष्ट्रपतिको चासो, काठमाडौंहुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं,चैत,१५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताउनु भएको थियो ।भेटवार्ता लगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिनुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताउनु भएको थियो । […]
वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने
काठमाडौं,चैत, १५- नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ ।पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनु भएको छ । पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिक रुपमा भन्दा पनि […]
एसिया कप फुटबलको छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं, चैत १५- एसियन कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्दैछ ।फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ । फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ ।यसअघि विश्वकपको समेत छनोट मानिएको […]
वैदेशिक रोजगारी जानेका परिवारलाई पाँच रोगमा उपचार खर्च
काठमाडौँ, चैत १४- वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]









