बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन

बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]

नक्सा फेरेर ठगी गर्ने ९ माथी मुद्दा : ६ फरार २ कर्मचारी सहित ३ कारागार चलान

बाँके,फागुन ६-सरकारी कागजातमा किर्ते गरि जग्गा बिक्री गरेको आरेपमा पक्राउ परेका कर्मचारी सहित तीन जनालाई जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार पाठाईएको छ ।नेपालगंज २७ मनिकापुरको जग्गालाई सुर्खेरोडको घडेरी जग्गा हो भने बिक्री गर्ने व्यक्ती र उक्त कार्यमा सघाउने कर्मचारीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके […]

नेपालगंजमा मासु खुलेआम बिक्री : अधिकांश मासु पसल मापदण्ड विपरित

बाँके,फागुन ६- नेपालगंजमा ठुलो मात्रामा बिक्री गर्न राखेको कुहिएको बंगुरको मासु बरामद गरिएको छ । सेतु विक चोक नजिक रहेको भेरी मासु सेन्टरमा दुइृ वटा डि फ्रिजमा लामो समयदेखि लुकाएर राखिएको दुई क्वीन्टल ३० किलो तौल बराबरको कुहिएको मासु संयुक्त अनुगमन टोलीले बिहिबार बरामद गरेको हो । पसल सञ्चालकले एक महिना देखिको मासु फ्रिजमा राखेर […]

बिद्यत चोरी गर्ने २ सय ६५ जना पक्राउ

बाँके,फागुन ६-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चालु आर्थीक वर्षको साउन महिना यता बिद्युत चोरीमा संलग्न रहेको आरोपमा २ सय ६५ जनालाई कारबाही गरेको छ । रातको समयमा हुक गरेर बिद्युत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि कारबाही गरिएको प्राधीकरणले जनाएको छ । चोरीमा संलग्न व्यक्तीबाट ३२ लाख ९० हजार ४ सय ५३ रुपैँया असुल […]

बाँके र बर्दियाका कृषकरु धमाधम सगुनको रुखहरु लगाउन थाले

मधु पौडेल बाँके,फाल्गुन ५-शिवशक्ति बायोप्लान्टेक प्रालिको प्रविधिक सहयोमा बाँके र बर्दियाका कृषकरुले धमाधम सगुनको रुखहरु लगाउन थालेका छन् । बलियो काठका रुपमा १५ बर्षपछि काट्न मिल्ने उक्त रुखको बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित भएका छन । शिवशक्तिका सर्भिस म्यानेजर कमलकान्त सिंहका अनुसार, बाँके र बर्दियाका ६७ जना कृषकहरुले करिब दुई लाख रुख लगाएका […]

कोहलपुर महोत्सव भोली देखि शूरु हुदै : महोत्सवको सम्पुर्ण तयारी पुरा

मधु पौडेल बाँके,फाल्गुन ५-कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज(शुक्रबार) देखि कोहलपुरमा शूरु हुदैछ  । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो . महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

एजेन्सी ,फागुन ५ –अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् […]

जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

जुम्ला,फागुन ५-जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन […]

साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण

डम्मर थापा “आश्रित” बाँके,फागुन ५-साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिन आज मनाईएको छ । जन्मदिनको अवसरमा निलसागर बृद्दाआश्रम नेपालगंजमा खाजानास्ता बितरण तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम गरिएको हो । निलसागर बृद्दाआश्रममा रहेका बृद्धबृद्धालाई साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिनको अवसरमा खाजा नास्ता बितरण गरिएको छ । सहयात्रा समुह को आयोजनामा गरिएको कार्यक्रममा निल […]

नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारीद्धारा पदभार ग्रहण

मधुपौडेल बाँके,फागुन ५-नेपाली कागे्रस निकट नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारी तथा कार्यसमिति संदस्यहरुले पदभार ग्रहण  गरेका छन् ।तरुण दल बाँकेको बैठकले अघिल्लो साता सहसचिवमा विमल चन्द सहित सदस्यमा तारमणी अधिकारी ,अनिल लखेर , हनुमान नाउ, देवबहादुर खाँड, धुव आर्चाय , प्रदिप शाह, शंकर बुढाथोकी , ,जगतजंग थापा, बेलबहादुर बुढाथोकी, हेमन्त शाक्य, जितबहादुर चौधरी , […]