काठमाडौं, फागुन ५ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काठमाडौंमा बुधबार आयोजित चुनावसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री […]
Author: bihani
राप्रपामा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने
काठमाडौं, फागुन ५ – राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइने भएको छ ।एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गर्नु भएको छ। राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार रहनु भएको थियो। […]
ट्रम्पद्धारा इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा
एजेन्सी, फागुन ५- अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताउनु भएको छ । आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले […]
तरुण दल बाँकेको पदभार आज
बाँके,फागुन ५-नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति सदस्यमा तारमणी अधिकारी,अनिल लखेर,हुनमान नाउ,देबबहादुर खाँड,धु्रव आचार्य, प्रदिप शाह,शंकर बढाथोकी,जगतजंग थापा,बेलबहादुर बुढाथोकी,हेमन्त शाक्य,शाहिल नरसिंह राणा, कुदरुस खाँ,जितबहादुर चौधरी,मनमोहन बर्मा,कमानसिंह सुनार,सपना भण्डारी,मुनिर बेहना,पुष्पा सुनार लगायत १९ जनालाई मनोनीत गरेको […]
कपिलबस्तु प्रहरिद्धारा विभिन्न घटनाका आरोपित सार्बजनिक
अराज सिहं बेल्बासे चन्द्रौटा कपिलबस्तु,फागुन ५-कपिलवस्तु प्रहरीले सोमबार बालिका बलात्कार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. १० प्रगतिटोल बस्ने १८ बर्षिय भीम बहादुर कुंवर रहेका छन् । उनलाई ६ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने […]
नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञमा भत्तरजन बढ्दै २३ लाख सञ्कलंन
अराज सिहं बेल्बासे चन्द्रौटा,फागुन ४-नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते बाट सञ्चालित सप्ताह ज्ञान महायज्ञ आज सम्म करिब २३ लाख सकंकलन भएको आयोजकले जानकारि दिएको छ । स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा जानुपर्ने भएकाले बाहिर जानु पर्ने समस्याको […]
स्थानीय निकायका कर्मचारी आन्दोलीत हुँदा सेवाग्राही मर्कामा
मधुपौडेल बाँके,फागुन ४-स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई परेशानी भएको छ । देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका स्थानीय निकायका कर्मचारीले आइतबारदेखि दिनैभरि काम बन्द गरेका हुन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला […]
दर्जन बढि बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश
मधुपौडेल बाँके,फागुन ४-बिभिन्न पार्टि परित्याग गरि दर्जन बढि नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । आमोवादी केन्द्र कोहलपुरले संचालन गरेको अभियान अन्तर्गत आज एमाले, काँग्रेस र राप्रपा परित्याग गरि ठुलो सँख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । यसैबिच माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत विभिन्न वडाको संयुक्त वडा सम्मेलन सम्पन्न भएको छ । विभिन्न […]
मध्यपश्चिममा वार्षिक सात अर्ब १९ करोड बढीको इन्धन खपत हुँदै
बाँके,फागुन ४-मध्यपश्चिमका विभिन्न जिल्लामा वार्षिक सात अर्ब १९ करोड बढीको डिजल, पेट्रोल मट्टी तेल र हवाई इन्धन लगायतको इन्धन खपत हुने गरेको छ । नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार मध्यपश्चिममा मात्र गत आर्थिक वर्षमा सात अर्ब १९ करोड ६२ लाख ३ हजार ४ सय ३९ रुपैयाँ बराबरको इन्धन खपत भएको […]
सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त
होम योगी, कञ्चनपुर,फागुन ४-सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त छन् । क्षेत्रीय हुलाक निर्देशनालय दिपायलका अनुसार ९ वटै जिल्लाहरुमा ४ सय २८ दरबन्दी रिक्त छन् । निर्देशनालयका अनुसार डोटी जिल्लामा शाखा अधिकृत २ जना, नायव सुब्बा २ जना, खरिदार ५ जना, सहायक कम्प्यूटर अपरेटर २ जना, सहायक लेखापाल २ जना र हुलाकी ४८ जना […]










