कर्मचारीको तलब यसवर्ष नबढ्ने, महंगी भत्तालगायत अन्य सुविधा बढाउन माग

काठमाडौं,जेठ,११-सरकारी कर्मचारीको तलब यसबर्ष बृद्धि नहुने भएको छ । कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएकाले यसबर्ष सरकारी कर्मचारीको तलब बृद्धि लगभग नहुने भएको हो । हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान अनुरुप गत वर्षको बजेटमा तलब बृद्धि गरिएकाले यसबर्ष त्यस्तो संभावना नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ तर यता कर्मचारी संगठनहरुले […]

गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल

काठमाडौं,जेठ,९-गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको […]

राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं,जेष्ठ,२-सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु […]

रसुवागढी र तातोपानी नाका संचालन गर्ने सरकारको निर्णय

काठमाडौं,चैत्र,१२-सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचालु गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान […]

भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै

काठमाडौं,पुस१६- नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ । भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, […]

सल्यानमा कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

सल्यान,पुस,३- सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ । यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई […]

दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह

काठमाडौं,असोज,१९- नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ । यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय […]

१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

जापान,भाद्र,१२- नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन […]

सुनको भाउ बढ्यो : तोलाको ७३ हजार ४०० रुपैयाँ

काठमाडौं,भदौ,१२- सुनको भाउमा पुनः वृद्धि आएको छ ।आज बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ ।  बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८९५ […]

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज ,साउन,३२- दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ । वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ […]