राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल तेस्रो हुन सफल

नेपालगन्ज, असार,०७- राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल सेकेण्ड रनर अप हुन सफल भएका छन। उनी उक्त प्रतियोगिताको लागि प्रदेश पाँचबाट छनोट भएका थिए। पोखरामा सम्पन्न पाककला सम्बन्धि प्रतियोगितामा ढकालले सेकेन्ड रनरअपको विधा चुमेका हुन् । बाँके जिल्लाको नेपालगन्जमा रेष्टुरेन्ट सन्चालन गर्दै आएका ढकालले २ सय २३ अंक प्राप्त गर्दै सेकेण्ड रनरअप हुन सफल […]

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]

लायन्स क्लब अफ नेपालगन्जद्वारा उज्यालो सहकारीमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज , जेष्ठ , २४- लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाज(शुक्रबार ) नेपालगन्जको सेतु बि-क- चोक नजिकै रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा बचतकर्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । लायन्स क्लबका कार्यसमितिका पदाधिकारी […]

लायन्स क्लब अफ नेपालगन्जले गर्यो निशुल्क स्वास्थ शिविर तथा आर्थिक सहयोग

नेपालगन्ज, जेष्ठ ,२२- सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले बुधबार नेपालगन्जमा रहेको नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना केन्द्रमा रहेका वृद्ध वृद्धा, असहाय , अशक्तहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै अार्थिक रकम पनि सहयोग गरेको छ । बिहान ८ बजे उक्त केन्द्रमा लायन्स क्लबका कार्यसमितिका पदाधिकारी तथा प्राविधिक कर्मचारीहरुको […]

चितवनमा निर्माणधिन क्रिकेट रंगशाला : रोजिन थापा मगरको विचार

काठमाण्डौं,जेष्ठ,१७- चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको अस्थायी बारमा यहि जेष्ठ १४ गते मंगलबारका दिन प्रकाश कँडेलको समुहले डोजर लगाएर भत्काएका पछि अहिले देश विदेशबाट चौतर्फी विरोध भैरहेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका प्रकाश कँडेल नेपाल कम्युनिस्ट […]

कर्मचारीहरुको तलव बढ्यो : तलव साउन १ गते देखी लागु हुने

काठमाडौं,जेष्ठ,१५- कर्मचारीहरूको तलब वृद्धि भएको छ । सरकारले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गर्नु भएको हो । राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ […]

आर्थीक वर्षका लागी १५ खर्ब ३२ अर्बको बजेट सरकारद्धारा सार्वजनीक

काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]

वेस्टर्न वचत ऋण सहकारीले गर्यो आफ्ना सेयर सदस्य भेला

नेपालगन्ज,जेष्ठ ,१४- नेपालगन्जको चर्चित एवम् विश्वस्नियता कमाएको सहकारी “वेस्टर्न वचत ऋण सहकारी “ले मंगलबार नेपालगन्जमा आफ्ना सेयर सदस्यहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ। बाँकेमा केही समय यता एक सहकारीका कर्मचारीहरुले आर्थिक रकम हिनामिना गरेको समाचार बाहिर आएपछि वेस्टर्न सहकारीले आफ्ना सेयर सदस्यहरुलाई जम्मा गरि वृहत् छलफल गरेको हो। छलफलका क्रममा वेस्टर्न वचत ऋण सहकारीका अध्यक्ष […]

प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]

भारतीय जनता पार्टीले बनायो रेकर्ड : जिएसटीपछि पनि जित्ने विश्वकै पहिलो पार्टी

काठमाण्डौं,जेष्ठ,११- भारतको लोकसभा चुनावको हालसम्मको अवस्था हेर्दा भारतीय जनता पार्टी एक्लैले सुविधाजनक बहुमत ल्याउने अवस्था बन्दै गएको छ । लोकसभाको ५४२ सीटमा भाजपा सम्मिलिन एनडिए गठबन्धन ३४३ सीटमा अगाडि छ भने भाजपा ३०० सिटमा अगाडि छ । यो रुझान जितमा परिणत भयो भने विजेपीको लागि यो निकै ठूलो जित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  […]