पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनीक बिदा,छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं,माघ,१-सरकार पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।  सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल […]

भगवण्डा नमिल्दा तीन साताबित्दा पनि सरकारले पूर्णता पाएन

काठमाडौं,माघ,२९-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि अन्य तीन मन्त्रीले जिम्मेवारी पाएका छैनन् । सत्ता साझेदार एमाले, माओवादी लगायतका दलले पाउने मन्त्रालयको संख्या टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । दलहरूबीच शक्ति बाँडफाँटको टुंगो […]

प्रतिनिधि सभाको सभामुख चयनका लागि माघ ५ गते चुनाव

काठमाडौं,पुष,२६-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सांसद पशुपति शमशेर राणाले उक्त जानकारी गराउनु भएको हो। त्यसका लागि संघीय संसद सचिवालयले माघ ३ गते सूचना निकाल्नेछ।प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन्।प्रधानमन्त्री […]

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न दाहाललाई विश्वासको मत : रामचन्द्र पौडेल

काठमाडौं,पुष,२६-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो । उहाँले संविधानमाथि […]

हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुष,२६-प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँलाई हर्ष र गर्वको अनुभूति भएको बताउनुभएको हो। उहाँले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताउनुभयो।उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका […]

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं,पुष,२५-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले नै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताउनु भयो। ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उहाँले भन्नुभयो। उपप्रधानमन्त्री लामिछानेले संसदले पनि […]

संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुष,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको हो । अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही […]

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकका लागि तयारी तीब्र

काठमाडौं,पुष,२३-प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही सोमबार (पुस २५ गते) बाट सुरू हुँदैछ।दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावली बमोजिम […]

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं,पुष,२२-जनता समाजवादी पार्टी (जसपा)ले आज शुक्रवार नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ।बिहिवार जसपाको बैठकले प्रदेशको विधान पारित गरेको थियो। बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

काठमाडौं,पुष,२१-मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने जानकारी दिनुभएको छ। यसैबिच: लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।