प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकका लागि तयारी तीब्र

काठमाडौं,पुष,२३-प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही सोमबार (पुस २५ गते) बाट सुरू हुँदैछ।दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावली बमोजिम […]

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं,पुष,२२-जनता समाजवादी पार्टी (जसपा)ले आज शुक्रवार नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ।बिहिवार जसपाको बैठकले प्रदेशको विधान पारित गरेको थियो। बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

काठमाडौं,पुष,२१-मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने जानकारी दिनुभएको छ। यसैबिच: लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौं,पुष,२१-सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो । सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, […]

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं,पुष,२०-जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो।नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन […]

गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,पुष,१८-उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो । गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा […]

राष्ट्रपति-उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं,पुष,१८-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनको प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं,पुष,१५-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दलहरु सम्मिलित उच्चस्रतीय संयन्त्रको संयोजक बन्नुभएका ओलीले सरकारका न्युनतम् साझा कार्यक्रम, मन्त्रिमण्डल बिस्तारलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बुझिएको छ । सरकारलाई समर्थन गरेका चार […]

भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं,पुष,१५-भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । […]

प्रधानमन्त्री दाहालद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग छलफल

काठमाडौं,पुष,१३-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) का र जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा लाने प्रयास गर्नुभएको छ। जसका लागि उहाँले बुधबार एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको हो।ललितपुरस्थित प्रधानमन्त्री प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्ने विषयमा […]