राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा आह्वान

काठमाडौं,पुष,१३-प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे  प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ। प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

पार्टी खोलेको ७ महिनामै रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री

काठमाडौं,पुष,११-नयाँ पार्टी खोलेको सात महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नु भएको छ । संचारकर्मी हुँदै राजनीतिमा छलाङ मार्नु भएका लामिछानेले गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सामाजिक संजाल प्रयोगकर्ताले लामिछानेलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउने,भ्रष्टाचार निर्मूल पार्ने, गुण्डागर्दी हटाउने,देशको शान्ति सुरक्षा मजबुद पार्ने […]

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन

काठमाडौं,पुष,११-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । त्यस्तै, मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण आज

काठमाडौं,पुस,११-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ ।राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो । प्रचण्ड उहाँ नेपालको ४४ औं प्रधानमन्त्रीमा बन्दै हुनुहुन्छ।आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। सपथ ग्रहणलगत्तै सोमबार नै सानो मन्त्रिमण्डल पनि घोषणा हुने […]

ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडौं,पुष,९-प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ। शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ यस्तो बताउनुभएको हो । उहाँले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको […]

दाङमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन पुस १५ गते हुने

काठमाडौं,पुस,९-पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ। सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन्।दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी समेत अगाडि बढाएको छ । प्रदेशको […]

नेपाली कांग्रेसले आज मतदान मार्फत संसदीय दलको नेता छान्दै

काठमाडौं,पुष,६-नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागी आज मतदान हुदैछ।सर्वसम्मतले संसदीय दलको नेता चुन्न नसकेपछि आज मतदान हुन लागेको हो ।  संसदीय दलको नेताका लागी  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।  शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय […]

नयाँ सरकार गठनको तयारीमा दलहरु

काठमाडौं,पौष,५-राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ।दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो। सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ। संसदीय दलको नेता चयन […]

नयाँ सरकार गठन गर्न दलहरूसँग ३० दिन समय

काठमाडौं,पौष,२-निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम मतपरिणाम बुझाइसके पछि सरकार गठनको ’काउन्ट डाउन’ सुरू भएको छ ।सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न कम्तिमा १ सय ३८ सांसद आवश्यक हुन्छ।अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), […]

निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

काठमाडौं,मंसिर,२९-निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो।यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ । पत्रकार सम्मेलनमा प्रमुख […]